‘दलले महिलाको सहभागिता पुरुषसरह बनाउने कुरालाई बेवास्ता गरे’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘दलले महिलाको सहभागिता पुरुषसरह बनाउने कुरालाई बेवास्ता गरे’


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाल कानुन समाजका पूर्व अध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह बनाउने कुरालाई बेवास्ता गरेको बताएका छन्।

मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरूले महिला सहभागितालाई हेलचेक्र्याँइ गरिरहेको बताएका हुन्।

उनले राजनीतिक दलले हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगिरहेको आरोप लगाए। उनले महिलालाई हरेक क्षेत्रमा रहेर बुझ्ने अधिकार नै प्रदान नगरिएको भन्दै महिलालाई बुझ्ने स्थानमा लैजान अभिमुखीकरण कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे।

उनले महिलालाई स्थान दिने बेलामा राजनीतिक दलहरू पात्र नै उपयुक्त नभएकोजस्ता तर्कहरू गरेर पन्छिने गरेको भन्दै विधानले व्यवस्था गरेपछि राजनीतिक दलहरूले सो क्षेत्रका लागि उपयुक्त पात्र तयार गरेर भए पनि संविधानअनुसार चल्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस