अप्रिय घटना भएपछि सहानुभूति प्रकट गर्ने काम नगरौँ : गगन थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अप्रिय घटना भएपछि सहानुभूति प्रकट गर्ने काम नगरौँ : गगन थापा


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले साना–किसानका समस्या समाधान गर्नका लागि सरकारले दिने वाचा गरेको अनुदान समयमै दिन आग्रह गरेका छन्।

‍काँग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यस्तो आग्रह गरेका हुन्।

नयाँ बानेश्वरस्थित संघीय सांसद अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य लक्षित उदाहरण दिँदै उनले बैङ्क तथा सहकारीको चर्को ब्याजका कारण किसानले कुनै अप्रिय घटना गर्नु पहिले नै सरकारले अनुदान दिनुपर्ने बताएका हुन्।

‘बैङ्कको चर्को ब्याजका कारण किसानहरूले धेरै समस्या भोग्नु परेको छ। सरकारले ती किसानलाई दिन्छु भनेर वाचा गरिएका र प्राथमिकतामा राखिएका तर झुलाइएका अनुदानका कार्यक्रम प्रभावकारी तरिकाले तत्काल कार्यान्वयन गरौँ। कुनै अप्रिय घटना भएपछि सहानुभूति प्रकट गर्ने काम नगरौँ’, उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस