बैतडीमा मानव कंकाल भेटियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बैतडीमा मानव कंकाल भेटियो


१८ माघ २०७९, बुधबार


काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिका-५ को सहिद पार्क नजिक मानव कंकाल भेटिएको छ ।

सहिद पार्क नजिक भिरालो जमिनमा भेटिएको उक्त कंकाल स्यालले खाईसकेको अवस्थामा हड्डी मात्रै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

स्थानीयवासीले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पुरुषको लुगा भेटिएकाले कंकाल पुरुषको हुनसक्ने प्रहरी निरीक्षक खत्रीको भनाई छ । उक्त कङ्काललाई जिल्ला अस्पतालमा राखिएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस