लागु औषधसहित ८ जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लागु औषधसहित ८ जना पक्राउ


१८ माघ २०७९, बुधबार


पक्राउ

धनगढी । कैलालीबाट विभिन्न किसिमका लागु औषधसहित ८ जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मङ्गलवार लागु औषधसहित ८ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेहरूमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेको जानकारी दिए । कैलालीको गौरीगङ्गा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई ४ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, सोही ठाउँका १९ वर्षीय खेम साउदलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको डिएसपी जोशीले बताए ।

यस्तै धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय प्रदिप गोतामे र १९ वर्षीय अनीश अछामी पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१ बस्ने १९ वर्षीया अन्जु कुरेसीको साथबाट १९ क्याप्सुल स्पास्मो प्रोक्सिमन, सोही ठाउँ बस्ने २१ वर्षीय विज्ञान बस्नेतको साथबाट १ ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने १९ वर्षीय सागर नेगी र कृष्णपुर नगरपालिका–५ बस्ने २३ वर्षीय आभास ऐर पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट १ सीसी कोरेक्स नामक लागुऔषध बरामद गरिएको छ ।

लागु औषधसहित पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस