सिंहदरवारको पूर्वी गेटमा ढल फुटेर हरिबिजोग « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सिंहदरवारको पूर्वी गेटमा ढल फुटेर हरिबिजोग


१८ माघ २०७९, बुधबार


काठमाडौँ । सिंहदरवारको पूर्वी गेटमा ढल फुटेर बिजोग भएको छ ।

मङ्गलवारदेखि फुटेको ढल बुधबार बिहानसम्म पनि सफा गरिएको छैन । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य भएर गाडीहरू गुड्दा अनामनगर घट्टे कुलो चोकसम्मै फोहोर भएको छ भने, पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।

२ जना पैदल यात्रु त्यही फोहोरमा चिप्लिएर लडेको स्थानीयले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस