क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए ।

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमा केन्द्रिय समितिका सदस्यहरूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पाँच जनाको राजीनामा माग गरेका थिए ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि केन्द्रिय कार्यसमितिका ७ जनाले लिखित रूपमै अध्यक्षसहितको राजीनामा माग गरेका हुन् ।

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए ।

मंगलबार बसेको बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस