भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु


१८ माघ २०७९, बुधबार


काठमाडौँ । भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।

धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ। फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस