पर्खाल भत्काएर फरार भएका २ अभियुक्त पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्खाल भत्काएर फरार भएका २ अभियुक्त पक्राउ


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षको पर्खाल भत्काएर फरार ६ अभियुक्तमध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतो र सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डललाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस