महानगरका सबै वडामा निःशुल्क कानुनी सेवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महानगरका सबै वडामा निःशुल्क कानुनी सेवा


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सबै वडामा निःशुल्क कानुनी सेवा उपलब्ध हुने भएको छ ।

महानगरका अनुसार सबै वडा कार्यालयहरूमा कानुनी तथा सामान्य लिखत तयार गर्न, मौखिक रूपमा कानुनी परामर्श सेवा दिन लागेको हो । जसका लागि काठमाडौँ महानगर र नेपाल ल क्याम्पस बीच समझदारी भएको छ । ३२ वटै वडामा हेल्प डेस्क सञ्चालन गरेर महानगरले सेवा दिन लागेको हो ।

नेपाल ल क्याम्पससँग महानगरले क्याम्पसमा अध्ययनरत एलएलएम, एलएलबी र बीए एलएलबी तहमा अध्ययनरत विद्यार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालय र केन्द्रीय कार्यालयमा बसेर सेवा दिने गरी समझदारी भएको मेयर बालेन्द्र साह (बालेन)को सचिवालयले जनाएको छ ।

समझदारी अनुसार कार्यालय समय अवधिभर सेवा दिने विद्यार्थीलाई मासिक १५ हजार रुपैयाँ सुविधा महानगरले उपलब्ध गराउनु पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस