सेभन थ्री स्पोर्ट्सले गर्‍यो क्यानसँगको सम्झौता भङ्ग « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सेभन थ्री स्पोर्ट्सले गर्‍यो क्यानसँगको सम्झौता भङ्ग


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिग आयोजनाका सम्बन्धमा नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको सम्झौता एकतर्फीरुपमा भङ्ग गरेको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्को सहमति प्राप्त नभएको कारण देखाउँदै कम्पनीले क्यानलाई आज इमेलमार्फत ‘टर्मिनेसन नोटिस’ पठाएको हो ।

गत २७ पुसमा काठमाडौँमा आयोजना भएको नेपाल टी-२० लिग तीव्र विवादित बनेको थियो । प्रतियोगिता अगाडिदेखि नै क्यान र सेभन थ्री स्पोर्टसबीच सम्झौतालाई लिएर प्रश्नहरू उठेका थिए भने प्रतियोगिताका दौरान खेलाडीको पारिश्रमिक र स्पट फिक्सिङको विवाद उब्जियो । फिक्सिङका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । फिक्सिङमा १० जना संलग्न रहेको सीआईबीले बताएको छ, जसमध्ये दुई नेपाली खेलाडी पक्राउ परेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर सङ्घले गत बिहीबार पत्रकार सम्मेलन गर्दै सेभन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको बयान दिएका थिए । उनले सम्झौता रद्द गर्ने प्रक्रियामा जाने पनि बताएका थिए । त्यसको पाँच दिनपछि सेभन थ्री स्पोर्ट्सले क्यानलाई सम्झौता भङ्ग भएको पत्र पठाएको हो ।

सेभन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहुवालीयाले क्यानलाई सम्झौता अन्त्य गरेको पत्र पठाएको पुष्टि गरे ।

नेपालको कानूनी प्रावधानअनुसार कुनै पनि खेल सङ्घले विदेशी संस्थासँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद परिषद्को सहमति लिनुपर्छ । तर, क्यानलाई परिषद्ले सहमति नदिएको भनेर पहिल्यैदेखि सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भएका थिए । आहुवालीया भने क्यानको विश्वास गरेर आफूहरू प्रतियोगिता आयोजना गर्न तयार भएको बताउँछन् ।

अहुवालीयाले क्यानलाई पठाइएको ‘टर्मिनेसन नोटिस’ तत्काल कार्यान्वयन हुने पनि उल्लेख गरे । तर, यदि क्यानले खेलकुद परिषद्को सहमति लिएर आएमा उसँग फेरि सहकार्य हुन सक्ने उनको भनाइ छ ।

क्यानले नेपाल टी–२० लिग आयोजनाका विषयमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि सम्झौता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस