‘गृह मन्त्रालय नपाएको झोकमा सरकार छोड्छ भने हाम्रो भन्नु केही छैन’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘गृह मन्त्रालय नपाएको झोकमा सरकार छोड्छ भने हाम्रो भन्नु केही छैन’


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएको छ।

माओवादी नेता मातृका यादवले मङ्गलवार रास्वपा आफूले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताए।

‘हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन’, उनले भने,‘अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन।’  

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए।

आजै बिहान रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  बालुवाटारमा भेटेका थिए।

भेटका क्रममा लामिछानेले पहिलाको भागबन्डाअनुसार गृह मन्त्रालय आफूलाई दिन भनेका थिए।

उनको नागरिकता कायम नरहेको र उक्त नागरिकता पेस गरेर उनले जितेको सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उपप्रधानसहित गृहमन्त्री रहेका लामिछानेको पद गएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस