हिरासतबाट थुनुवा भागेपछि तीन प्रहरी निलम्बनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिरासतबाट थुनुवा भागेपछि तीन प्रहरी निलम्बनमा


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । थुनुवा हिरासतबाट फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन्।

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएपछि तीन जना प्रहरीलाई निलम्बन गरिएको हो।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीन जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ।

हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर भए पनि घटनामा डिउटीको समय प्रहरीको लापरबाही देखिएकोले निलम्बन गरिएको प्रहरीले जनाएको छ । थुनुवा फरार घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस