माया खोलाको आइपीओमा आवेदन दिने अन्तिम दिन आज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माया खोलाको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज माघ १७ गते मंगलबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले माघ १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो मध्ये १०५ अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ।

यसैगरी, ५५ अर्थात् १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार माघ १६ गते सोमबारसम्ममा ९ लाख ७५ हजार ७०८ जनाले १ करोड १२ लाख १९ हजार १३० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ५।६३ गुणा बढी आवेदन हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

इक्रा नेपालले निष्काशनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस