सन्दीपको निलम्बन फिर्ता गर्ने क्यानको तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सन्दीपको निलम्बन फिर्ता गर्ने क्यानको तयारी


१६ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने तयारी गरेको छ । मङ्गलवार पोखरामा बस्ने क्यानको कार्यसमिति (बोर्ड) बैठकमा लामिछानेको निलम्बन फिर्ता गर्ने निर्णय हुने जनाएको हो ।

क्यान बैठकका एजेण्डा भने अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर क्यानका एक सदस्यका अनुसार लामिछानेलाई टिममा फर्काउनेबारे निर्णय हुनसक्ने छ । यस्तै बैठकमा नेपाल टी-२० लिगको समीक्षा र नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे पनि छलफल हुने ती सदस्यले जनाए । 

Tags :
प्रतिक्रिया दिनुहोस