गहुँ आयात खुलाउने पहल हुँदै छ : मन्त्री भण्डारी  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

गहुँ आयात खुलाउने पहल हुँदै छ : मन्त्री भण्डारी 


१६ माघ २०७९, सोमबार


 काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गहुँ आयातमा लागेको प्रतिबन्ध हटाउन छलफल भइरहेको बताएका छन् । 

सोमबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा गहुँ आयातको सम्बन्धमा भारतसँग छलफल भइसकेको र तत्काल आयात खोल्ने पहल भइरहेको बताए ।

भेटवार्तामा भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरू समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा व्यवसायीले जोड दिएका थिए ।

महासङ्घको पहलमा तयार भएको स्टार्ट अपनीतिका सम्बन्धमा अन्तिम छलफल गरेर पारित गर्नसमेत सो अवसरमा महासंघकातर्फबाट आग्रह गरिएको थियो । यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासङ्घ तयार रहेको पनि सो अवसरमा जानकारी गराइएको बताइएको छ । मन्त्री भण्डारीले स्टार्टअप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने जानकारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस