निर्णय प्रक्रियामा आफूहरूलाई अवमूल्यन गरेको देउवा पक्षका केन्द्रीय सदस्यको ठहर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्णय प्रक्रियामा आफूहरूलाई अवमूल्यन गरेको देउवा पक्षका केन्द्रीय सदस्यको ठहर


१६ माघ २०७९, सोमबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकटका नेताहरूको भेलामा केन्द्रीय सदस्यलाई अवमूल्यन गरिएको विषय उठाइएको छ ।

कार्यसम्पादन समिति र पदाधिकारी बैठकबाट निर्णय गरेर केन्द्रीय सदस्यहरूको अवमूल्यन गरेको भन्दै शीर्ष नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

‘केन्द्रीय सदस्यहरूलाई वाइपास गरी निर्णय गर्ने क्रम रोक्न पार्टी सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने कुरा भएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय सदस्यहरूको सल्लाह लिने काम स्थानीयदेखि केन्द्रको टिकट दिने बेलासम्म गरिएन ।’

पार्टीका निर्णय प्रक्रियामा केन्द्रीय सदस्यहरूलाई सहभागी नै नगराइएकोप्रति चिन्ता प्रकट गरेका छन् । कार्य सम्पादन समितिले गरेका निर्णयलाई केन्द्रिय समितिबाट अनुमोदन गराउनुपर्ने विधानको व्यवस्थालाई कुल्चिएको अधिकांशको धारणा छ ।

पार्टीको बृहत्तर हितका लागि भ्रातृ संस्थालाई पदाधिकारीसहित ठूलो आकारको बनाउने बारेमा छलफल भएको ती केन्द्रिय सदस्यले बताए । कार्यसम्पादन र पदाधिकारीको निर्णयबाट काँग्रेसले उपलब्धि हासिल गर्न नसकेको धारणा अधिकांशले राखेका छन् ।

बैठकमा देउवा पक्षका मुख्यतः तेस्रो तहका नेताहरूको सहभागिता छ ।

बैठकमा पूर्व उपसभामुख पुष्पा भुसाल, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, नैनसिंह महर, रणबहादुर रावल, सीता देवकोटा, शान्ति परियार, कुन्दनराज काफ्ले, अब्दुल सतार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार, हरिशरण नेपाली, विद्या तिमिल्सेना, चन्द्र केसी, सुशीला थिंग, रुपा विक, राजीव ढुङ्गाना, कृष्ण किशोर घिमिरे , गणेश लामा, कर्णबहादुर बुढा लगायत उपस्थित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस