घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी


१६ माघ २०७९, सोमबार


मध्य बिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीय मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुसी छिन् ।

शारीरिक समस्याका कारण सहजरुपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिनिधि र बैङ्कका कर्मचारीले घरमै भत्ता ल्याइदिएका हुन् ।

‘अरु व्यक्ति जस्तो हिँडडुल गर्न सक्दिन, बैङ्कसम्म पुग्न पनि टाढा हुँदा समस्या भएको थियो अहिले घरमै भत्ता पाउँदा छु’, उनले भनिन् ।

चौमासिकरुपमा पाउँदै आएको भत्ता यसपालि भने घरमै पाउँदा मनकुमारी जस्तै मध्यविन्दु नगरपालिका वडा नं १, २, ३ र ४ का नागरिक पनि खुसी छन् ।

मध्य बिन्दु नगरपालिकाले बैङ्कसँगको समन्वयमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरबाट एक हजार पाँच सय लाभग्राही गाउँघरै भत्ता दिइएको हो ।

बैङ्क पुग्न घण्टौँ समय लाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर सेवा दिएको मध्य बिन्दु नगरपालिका–१ का वडाध्यक्ष तिलकराम न्यौपानेले बताए ।

‘बैङ्कमा आउन नसक्ने अपाङ्गता भएका व्यक्ति, अशक्त, बिरामीलगायतका सेवाग्राहीलाई घरमै पुगी भत्ता वितरण गरिएको छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस