मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता


१६ माघ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।

आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो । भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र दूरगामी नीति कार्यविधि तर्जुमा गर्नेबारे छलफल भएको महानगरले जनाएको छ ।

आगामी दिनहरूमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय पनि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस