ओली र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

ओली र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता


१६ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।

ओली निवास बालकोटमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ।

आइतबार साँझ काठमाडौँ आइपुगेकी न्युल्यान्डले यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस