बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा घाइते « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा घाइते


१६ माघ २०७९, सोमबार


काठमाडौँ । बाँकेमा पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइ दिएका थिए ।

आमा छोरालाई स्थानीयले उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा बालकको सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

उपचारकै क्रममा रहेकी घाइते गङ्गाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको उनले बताए । घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । घटनापछि फरार रहेका बिकलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।

आपसी मनमुटाबमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस