डोजरले हिउँ पन्छाउँदै नाग्म-गमगढी सडक सञ्चालन [फोटो फिचर]  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोजरले हिउँ पन्छाउँदै नाग्म-गमगढी सडक सञ्चालन [फोटो फिचर] 


१५ माघ २०७९, आइतबार


मुगु । हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गत नाग्म-गमगढी सडकको घुच्ची सात मोड सडक डोजरले हिउँ पन्छाएर सञ्चालनमा आएको छ ।

हिमपातले नाग्म गमगढी सडक बन्द हुँदा यातायातका साधनहरू रोकिँदा जनजीवन नै प्रभावित हुन पुगेको थियो । सो सडकको जुम्लादेखि मुगुको घुच्ची पिनासम्म झन्डै दुई फिट भन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको थियो । 

मुगु र जुम्ला जोड्ने सीमा क्षेत्र बुलबुले र घुच्ची लेकमा  बाक्लो हिउँ जमेर माघ १० गतेदेखि बन्द भएको सडक खण्डा सडक डिभिजन कार्यालय जुम्लाले ५ दिनसम्म जुम्ला र मुगु विभिन्न भागमा रहेका सात मोड र भुलभुले देखी घुच्चीसम्मको हिउँ डोजर लगाएर पन्छाएपछि  आइतबार दिउँसोदेखि यातायातका साधनहरू सञ्चालनमा आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस