रवि लामिछानेले बुझाए राहदानी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रवि लामिछानेले बुझाए राहदानी


१५ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी बुझाएका छन्।

विभाग पुगेर निष्क्रिय नागरिकताको प्रयोग गरी लिएको राहदानी लामिछानेले फिर्ता गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकता पुनः प्राप्ति गरेसँगै निष्क्रिय नागरिकताबाट जारी भएको राहदानी लामिछानेले बुझाएका हुन्।

अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएका थिए। झुठा विवरण पेस गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस