म कर्णालीका जनताको कामदार हुँ : मुख्यमन्त्री शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

म कर्णालीका जनताको कामदार हुँ : मुख्यमन्त्री शर्मा


१५ माघ २०७९, आइतबार


सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने बताएका छन्। व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन् ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीको आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने– ‘अहिलेको माग भनेकै अवस्था परिवर्तनको हो, त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने देखिन्छ।’ शर्माले सञ्चार जगतले समस्या मात्र नभई समस्याको समाधान गर्नतर्फ केन्द्रित हुनुपर्ने पनि बताए ।

शर्माले आफू कर्णालीका जनताको कामदार भएको बताए। ‘म कामदार हुँ, म कामदारलाई सही तरिकाले काम दिनुहुने छ, साथै कर्णाली समृद्धिको अभियानमा पत्रकारिता जगतले सहयोग गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस