पूर्व गृहमन्त्रीको सूचीमा छैन रवि लामिछानेको नाम ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्व गृहमन्त्रीको सूचीमा छैन रवि लामिछानेको नाम !


१४ माघ २०७९, शनिबार


काठमाडौँ । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्‍यो । त्योसँगै उनको सांसद पद गुम्यो । उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिए ।

सर्वोच्चको संवैधानिक इजलासको उक्त फैसला सुनाउँदा उनी सिंहदरवारस्थित गृह मन्त्रालयमै थिए । फैसलासँगै आफू ‘अनागरिक’ भएको प्रतिक्रिया दिएर त्यहाँबाट बाहिरिएका थिए । लगत्तै बालुवाटार पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा पत्र बुझाए ।

गृहको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालिसकेका छन् । पूर्व गृहमन्त्रीको सूचीमा समेत उनको नाम समावेश छैन । मन्त्रालयको वेबसाइटमा अरू पूर्वगृहमन्त्रीहरूको नाम उल्लेख छ । शनिबार बेलुका ७ बजेसम्म त्यहाँ लामिछानेको नाम छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस