गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई


१४ माघ २०७९, शनिबार


काठमाडौँ । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि गृहको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका हुन् ।

विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछानेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका थिए । लामिछानेले राजीनामा दिएलगत्तै प्रधानमन्त्री दाहालले गृह मन्त्रालयको जिम्मेवारी आफुले लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस