झारखण्डको अस्पतालमा आगलागी, डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झारखण्डको अस्पतालमा आगलागी, डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु


१४ माघ २०७९, शनिबार


नयाँ दिल्ली । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा डाक्टर दम्पतीसहित ६ जनाको मृत्यु भएको छ। धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा शुक्रबार राती करिब १ बजेतिर आगो सल्केको थियो ।

आगलागी हुँदा सबैजना सुतिरहेका थिए । डाक्टरको शव बाथटबमा फेला परेको छ । आफूलाई बचाउन उनी पानीको टबमा बसेको बताइएको छ ।

आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानपछि प्रहरीले स्टोर रुमबाट आगलागी भएको हुन सक्ने बताएको छ । आगलागी हुँदाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा डाक्टर हाजरा झ्यालबाट आफूलाई बचाउन बिन्ती गर्दै छन्। दमकल र तलका मानिसहरू उनलाई चिन्ता नगर्नुहोस्, डाक्टर, हामी आउँदैछौं भनिरहेका छन्।

डाक्टर आफ्नो परिवारसहित क्लिनिकको पहिलो तल्लामा बस्थे। दुर्घटनामा डाक्टर दम्पती, उनकी कामदार, डा. हाजराका भतिजासहित ६ जनाको निसास्सिएर मृत्यु भएको हो। सबैको शव विभिन्न कोठाबाट निकालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस