पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप, सङ्गठनले साध्यो स्पष्टीकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप, सङ्गठनले साध्यो स्पष्टीकरण


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । अध्यक्ष सिंहले पोखरा विश्वविद्यालय र सीटिइभीटिमा आर्थिक चलखेल गरेको भन्दै सङ्गठनकै लेखा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

शुक्रबार आयोगका उपप्रमुख गम्भीर साउदले पोखरा विश्वविद्यालय र सीटीइभीटीमा सङ्गठन विस्तार गर्ने नाममा आर्थिक लेनदेन र बार्गेनिङ गरेको कुरा बाहिर आएको भन्दै सिंहलाई त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ । विज्ञप्तिमा कसमस कलेजमा समानान्तर गतिविधि गरेको भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गरिएको छ । 

   

Tags :
प्रतिक्रिया दिनुहोस