इराकमा १४ जनालाई मृत्युदण्ड « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इराकमा १४ जनालाई मृत्युदण्ड


१३ माघ २०७९, शुक्रबार


बगदाद । इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आम हत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो ।

सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरूले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए ।

यसरी आम रूपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो । इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए ।

उनीहरूले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरू सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस