प्रभु बैङ्कको सीईओमा शेरचन नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रभु बैङ्कको सीईओमा शेरचन नियुक्त


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रभु बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः अशोक शेरचन नै नियुक्त भएका छन्।

यसअघि २ कार्यकाल सिइओ भइसकेका शेरचन बैङ्कमा तेस्रो पटक नियुक्त भएका हुन्। बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो।

उनी यसअघि २०७५ माघमा दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए।

मर्जरमा गएका बैङ्कले २ कार्यकालभन्दा बढी समय बैङ्कको सिइओ नियुक्त गर्न पाउने छुट छ। सोही बमोजिम उनी तेस्रो पटक बैङ्कको सिइओ बनेका हुन्।

सिइओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो तेस्रो कार्यकाल सुरु हुनेछ। उनले आगामी ४ वर्षसम्म बैङ्कको सिइओ पदको जिम्मेवारी सम्हाल्ने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस