बाजुरा भूकम्पपछि विकास साझेदारसँग आकस्मिक छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाजुरा भूकम्पपछि विकास साझेदारसँग आकस्मिक छलफल


११ माघ २०७९, बुधबार


काठमाडौँ । बाजुरा भूकम्पका विषयमा आज गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विकास साझेदार सङ्घ संस्थाका प्रतिनिधिहरूसँग आकस्मिक बैठक सम्पन्न गरेको छ । 

गृह सचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको बैठकमा भूकम्पबाट भएका क्षतिको तत्काल विवरण सङ्कलनदेखि भत्किएका घरहरूको पुनर्निर्माणका लागि साझेदार संस्थाहरूले के कस्तो सहयोग पुर्‍याउन सक्छन् भन्नेबारेमा छलफल भएको थियो ।

छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले भूकम्प प्रभावित जिल्ला र स्थानीय पालिकाहरूमा आफूहरूले गरिरहेका कामहरूका साथै भएका जनशक्ति र गर्न सकिने सहयोगका बारेमा जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस