प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय


११ माघ २०७९, बुधबार


काठमाडौँ । आत्मदाहको प्रयास पछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

बुधवार(आज) बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भई बुधवार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको एक मन्त्रीले बताए । 

आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई दिएको ती मन्त्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस