‘भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य’


११ माघ २०७९, बुधबार


काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य रहेको बताएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा हालै गठित सरकारले भ्रष्टाचारविरुद्ध गरेको प्रतिबद्धताले पारदर्शी समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । 

साथै टीआई नेपालले नवगठित मन्त्रिपरिषद्मा स्वार्थ जोडिएका व्यक्ति नियुक्त भएको विषय आमरुपमा उठिरहेको हुँदा त्यसको निक्र्यौल गर्न आग्रह गरेको छ । 

“राज्य सञ्चालनका नीतिगत निर्णयमा महत्त्वपूर्ण भूमिका हुन्छ । नवगठित मन्त्रिपरिषद्मा स्वार्थ जोडिएका व्यक्ति नियुक्त भएको विषय आमरुपमा उठिरहेको हुँदा तत्काल यसको निक्र्यौल हुनुपर्छ भन्ने मान्यता टीआई नेपालको छ । अन्यथा भ्रष्टाचारविरुद्ध सरकारको प्रतिबद्धता कार्यान्वयन हुन असहज हुने र सरकारप्रतिको जनअपेक्षा निराशातर्फ धकेलिने देखिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लोकतान्त्रिक मुलुकमा सार्वजनिक पदमा नियुक्त हुने पात्र छनोट गर्दा स्वार्थ बाझिएको छ वा छैन भनी हेर्ने सामान्य प्रचलन भएको टीआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस