एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक


११ माघ २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बैठक माघ २१–२२ मा बस्ने पार्टी महासचिव बेदुराम भुसालले जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न तहका कमिटीहरूको बैठक बस्दै गरिएका निर्णयलाई अनुमोदन गर्न बैठक बोलाइएको उनले बताए ।

विकसित परिस्थितिमा पार्टी सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यसहित केही महत्त्वपूर्ण निर्णय गरिने उनको भनाइ छ । त्यस्तै, एकीकृत समाजवादीले अन्तर सङ्गठन निर्देशन (असनि)–३ जारी गरेको छ ।

असनिमा २०८० जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्न मातहतका कमिटीलाई निर्देशन दिइएको छ । २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नेसमेत असनिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस