गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्छ : उर्जा मन्त्री लिङ्देन « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्छ : उर्जा मन्त्री लिङ्देन


११ माघ २०७९, बुधबार


काठमाडौँ। उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । 

निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गरेका हुन् । 

सबै निर्माण व्यवसायीले काम पाउनु पर्छ भन्ने मान्यता राख्दै उपप्रधानमन्त्री लिङ्देनले क्रसर उद्योग बन्द भएका कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने जानकारी गराए । 

Tags :
प्रतिक्रिया दिनुहोस