राष्ट्रिय सभा उपनिर्वाचनमा काँग्रेसबाट आचार्यले गरे मनोनयन दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभा उपनिर्वाचनमा काँग्रेसबाट आचार्यले गरे मनोनयन दर्ता


११ माघ २०७९, बुधबार


दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।

बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गरेका हुन ।

उनको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छन् ।

काँग्रेसले आज बिहान मात्र आचार्यको नाम टुङ्गो लगाएको थियो । उनी रोल्पाका पूर्व सभापति हुन् । सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस