आचार्यको आत्मदाह प्रति राज्य नै जिम्मेवार रहेको भन्दै माइतीघरमा प्रदर्शन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आचार्यको आत्मदाह प्रति राज्य नै जिम्मेवार रहेको भन्दै माइतीघरमा प्रदर्शन


११ माघ २०७९, बुधबार


काठमाडौँ । मङ्गलवार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर प्रेमप्रसाद आचार्यले आफैँलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

युवाहरूको एक समूहले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले आचार्यले राखेका मागहरू सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी युवाले देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, गरिखान देऊ, प्रेमप्रसादको आत्महत्या होइन हत्या हो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । र्‍याली नयाँ बानेश्वरसम्म आएपछि कोणसभा पनि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस