२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्य पहाडी पुष्पलाल राजमार्ग सात वर्षमा पनि भएन कालोपत्रे

अ+ अ-

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्य पहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र हुन सकेको छैन ।

दुई वर्षमा कालोपत्र गर्ने गरी सम्झौता भएकामा सात वर्षमा पाँच पटकसम्म म्याद थप्दासमेत राजमार्गले सार्थकता नपाएको हो । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ठेक्का सम्झौता भएको म्याद सकिएपछि पाँच पटकसम्म म्याद थप्दासमेत कालोपत्र सम्पन्न नभएपछि यात्रुलाई सास्ती छ ।

उक्त सदरमुकाम खण्डको सडक कालोपत्र हुन नसक्दा अहिले निर्माण व्यवसायी र राजमार्ग आयोजना कार्यालयप्रति स्थानीयको चर्को आलोचनासमेत भएको छ । सडकको ट्र्याक खुलेको २५ पुग्दासमेत यो खण्डमा सडक कालोपत्र हुन नसकेको हो ।

नेपालकै सबैभन्दा लामो खण्ड बागलुङमा रहेको उक्त सडकको खहरे खोलादेखि बिहूँ सापकोटा चोकसम्मको सडक १७ किलोमिटर सडक पकट–पटक म्याद थप्दा पनि कालोपत्र हुन नसकेको छ ।

दुई वर्षमा कालोपत्र गर्ने काम निर्माण व्यवसायीले सात वर्षमा समेत पाँच पटक म्याद थप्दा पनि सम्पन्न नभएको हो । कालोपत्रका लागि जिल्लामा रहेको एक सय ४२ किलोमिटरमध्ये घोडाँबाधेदेखि बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारसम्म रहेको २५ किमी सडकमध्ये गत वर्ष मात्रै सदरमुकामतर्फको चार र बिहूँतर्फको चार गरी आठ किमी मात्रै सडक कालोपत्र गरेर छोडेपछि ठेकेदार कम्पनी सम्पर्कमा आएको थिएन । अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थपेको ठेक्का आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा ठेक्का रद्द गर्ने चेतावनीपछि बल्ल काममा देखिन थालेको छ ।

असारसम्म दुवै उक्त खण्डका दुई निर्माण व्यवसायीलाई अन्तिम पटकका लागि म्याद थपिए पनि कामले तीव्र गति पाउन नसकेपछि ठेक्का रद्द गर्ने चेतावनीपछि काममा फर्किएको मध्य पहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

मध्य पहाडी पहाडी पुष्पलाल राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार असारसम्म ठेकेदार कम्पनीलाई म्याद थप्दासमेत कामले तीव्रता नपाएपछि ठेक्का तोड्ने चेतावनी दिइएको हो ।

‘निर्माण व्यवसायीले तत्कालै काम थाल्ने तर काम नथाले ठेक्का रद्द गर्ने गरी निर्माण व्यवसायी र आयोजनाबीच लिखित सहमति भएको थियो, अहिले उपल्लो बिहूँ र तल्लो खहरे खोला आसपासमा केही काम थालेको छ’, उनले भने, ‘सात वर्षमा पाँच पटक म्याद थप्दासमेत काम नगरे असारपछि ठेक्का रद्द हुन्छ, आस गरौँ निर्माण व्यवसायीले असारसम्म सडक कालोपत्र गरेर सक्नेछ ।’

सात वर्षमा पाँच पटक म्याद थप्दासमेत सडक कालोपत्र हुन नसक्दा स्थानीयहरूले अहिले धुलोको सास्ती खेप्दै आएका छन् । सडकमा यातायातका साधन गुड्न थालेको २६ वर्ष बित्दासमेत सडक सम्पन्न नहुनु दुःखद रहेको स्थानीय जङ्गबहादुर कार्कीले गुनासो गरे ।

‘घरअगाडि बाट सवारी गुड्न थालेकै २६ वर्ष भयो, अहिले त कालोपत्र होला भन्दाभन्दै सात वर्ष बित्यो, अहिले बजारबाट घर नजिकैसम्म कालोपत्र आएको छ, घरै अघिबाट सडक अलपत्र छ’, कार्कीले भने, ‘बरु गाउँ–गाउँका सडक कालोपत्र भए, साना सडकहरू चिल्ला छन् तर राष्ट्रिय राजमार्गकै यो बिजोक छ, कतिन्जेलसम्म धुलो खाने हो ।’ स्थानीय कार्कीले हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे यो सडकको नियति नै बनेको छ ।

मध्य पहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्ला चौर–अक्षेते–बिहूँ खण्ड र बिहूँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरदेखि अक्षेते–बिहूँ खण्ड २०७३ साल माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहूँ घोडाबाँधे खण्ड २०७२ साल माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए ।

अहिले बिहूँ खण्डमा सडक सम्याउने र नाली निर्माण गर्ने काम भइरहेको छ भने खहरेतर्फ बेस बिछ्याउने कार्य भइरहेको छ । कूल एक हजार सात सय ७६ किलोमिटर राजमार्गमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जसमध्ये १७ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

अहिले लोक मार्गको घोडाबाँधेदेखि गलकोटसम्मको कालोपत्र सडक मर्मत कार्य भइरहेको छ । बाढी तथा पहिराले क्षति पुर्‍याएको घोडाँबाधेदेखि गलकोटसम्मको सडक ५० करोड लागतमा ठेक्कामा गएर मर्मतको काम थालिएको हो ।