‘केपी ओली कप’ गर्न एन्फाले दियो अनुमति, विजेताले १० लाख पाउने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘केपी ओली कप’ गर्न एन्फाले दियो अनुमति, विजेताले १० लाख पाउने


११ माघ २०७९, बुधबार


काठमाडौँ । आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने भएको छ।

युवा सङ्घ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अनुमति दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राईले जानकारी दिए।

‘युवा सङ्घले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौँ,’ महासचिव राईले भने।

युवा सङ्घले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ।

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव राईले जनाए।

अहिले दशरथ रङ्गशाला ए डिभिजन लिगका लागि मर्मत गर्ने काम भइरहेकाले केपी ओली कपका खेलहरू अन्य काठमाडौँकै अन्य मैदानमा हुने जनाए।

उनले प्रतियोगिताको सम्पूर्ण आयोजना युवा सङ्घले गर्ने र त्यसमा एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस