३४ किलो ५०० ग्राम चरेससहित एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

३४ किलो ५०० ग्राम चरेससहित एक जना पक्राउ


११ माघ २०७९, बुधबार


काठमाडौँ । धादिङको गल्छी गाउँपालिका-८, सुत्केरी ढुङ्गाबाट ३४ किलो ५०० ग्राम चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-८, किरानचोकका ३२ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

गोप्य सूचनाको आधारमा लागू औषध ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँमा चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका-२, समन टारबाट ८ किलो ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका-८ की लक्ष्मी पुरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस