इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले राज्य लज्जित : कोइराला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले राज्य लज्जित : कोइराला


११ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन्।

नेता कोइरालाले फेसबुकमा एक टिप्पणी गर्दै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने बताएका छन्।

उनले लेखेका छन्, ‘​प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ । हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अङ्कगणित मै अल्झिरहने ?’

Tags :
प्रतिक्रिया दिनुहोस