हिमपातका कारण कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हिमपातका कारण कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध


१० माघ २०७९, मंगलबार


जुम्ला । कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई उडान अवरुद्ध भएको छ ।

जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्सलगायतका हवाई सेवा अवरुद्ध भएका हुन् । हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाले जनाएको छ ।

हिमपात भएपछि हवाई सेवा बन्द हुँदा तराई झर्ने सुर्खेत नेपालगन्जबाट माथि जिल्लातिर जाने यात्रुहरू अलपत्रमा परेका छन् ।

जुम्लाको विमानस्थलमा १ फिटभन्दा बढी हिउँ जमेको छ भने हिउँ अझै पर्ने क्रम जारी नै रहेको छ । हिमपातका कारण मङ्गलवार (आज) सुर्खेत नेपालगन्जदेखि कुनै पनि हवाई उडान भएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस