दिनभर घटेको नेप्से बढेर बन्द, कति भयो कारोबार ? « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दिनभर घटेको नेप्से बढेर बन्द, कति भयो कारोबार ?


१० माघ २०७९, मंगलबार


काठमाडौँ । मङ्गलवार (आज) दिनभरजसो घटिरहेको सेयर बजार बढेर बन्द भएको छ ।

मङ्गलवार ८.१४ अङ्कले बढेको बजार २१७३.२४ बिन्दुमा पुगेर रोकिएको छ । मङ्गलवार बजार २१४० सम्म ओर्लिएको थियो । मङ्गलवार शून्य दशमलव ३८ प्रतिशतले बजार बढेको हो । यस दिन कुल २४८ धितोपत्रको ५२ हजार ४५० वटा कारोबारबाट ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ ।

मङ्गलवार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँको कारोबार भएको छ । मङ्गलवार बैङ्किङ, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक घटेका छन् ।

सबैभन्दा धेरै वित्त उपसूचकका लगानीकर्ताले कमाएका छन् । मङ्गलवार सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वामी लघुवित्तको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो ।

शिव श्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैङ्क, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।

मङ्गलवार नेपाल टेलिकम, शिव श्री हाइड्रो, अपी पावर, अपर तामाकोसी लगायत कम्पनीको धेरै कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस