१४ वर्षीया अविवाहित बालिकाले जन्माइन् शिशु, बुबा को हुन् भन्ने पत्तो छैन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

१४ वर्षीया अविवाहित बालिकाले जन्माइन् शिशु, बुबा को हुन् भन्ने पत्तो छैन


१० माघ २०७९, मंगलबार


धनगढी । कञ्चनपुरमा १४ वर्षीया अविवाहित बालिकाले शिशु जन्माएकी छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका-८ की बालिकाले माघ ३ गते घरमै छोरा जन्माएकी हुन् ।

ती बालिकाले जन्माएका शिशुको बुवा को हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। नेपाली कानुन अनुसार १८ वर्ष नपुग्दै भएको यौन सम्बन्धलाई बलात्कार भएको मानिन्छ। जसका कारण उक्त घटना अपराधिक भएको भन्दै प्रहरीमा उजुरी परेको छ।

भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु पर्छन्। गत वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको प्रहरीको भनाइ छ।

अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस