चिकित्सा शास्त्रका विद्यार्थी र प्रहरीबीच झडप « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

चिकित्सा शास्त्रका विद्यार्थी र प्रहरीबीच झडप


१० माघ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ। मङ्गलवार उनीहरूबीच झडप भएको हो।

आइओएम सुधारको माग राख्दै विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले तालाबन्दीसमेत गरेका थिए। प्रहरीले ताला फुटाइदिएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो।

प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिनुअघि प्रहरीले विद्यार्थीमाथि लाठीचार्जसमेत गरेको थियो।

आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेकोमा विद्यार्थीहरूले विरोध गरेका छन्। उनीहरूले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस