सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ल्याउने तयारी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ल्याउने तयारी


९ माघ २०७९, सोमबार


काठमाडौँ । सरकारले पुनः सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ । 

सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने विभिन्न ऐन संशोधनको प्रक्रिया यसअघि नै अघि बढेको भए पनि राष्ट्रिय सभामा पुगेर विधेयक रोकिएको थियो । उक्त विधेयक निष्क्रिय भएसँगै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पुनः प्रक्रिया थालेको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी नेपालले गरेका प्रयासको बारे अन्तर्राष्ट्रिय टोली नै आएर मूल्याङ्कन गरेसँगै कतिपय कानुनी प्रावधानहरू सुधार गर्नुपर्ने देखिएकोले यसअघिको थप प्रावधानहरूसमेत समावेश गरेर मन्त्रालयले विधेयकलाई अन्तिम रूप दिँदै छ । 

प्रतिनिधिसभाको पदावधि सकिनै लाग्दा गत भदौको अन्तिम साता सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक पेस गरेको थियो । प्रतिनिधिसभाबाट ‘फास्ट ट्र्याक’मा पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित हुन नसकेपछि अलपत्र परेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस