पक्राउ परेका क्रिकेटर मेहबुब र आदिललाई काठमाडौँ ल्याइँदै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

पक्राउ परेका क्रिकेटर मेहबुब र आदिललाई काठमाडौँ ल्याइँदै


९ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् । आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनीहरू दुवैलाई जहाजबाट काठमाडौँ ल्याइँदैन । काठमाडौँमा हालै सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवै जनालाई काठमाडौँ ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।

मेहबुब टी–२० लिगताका फिक्सिङको समाचार बाहिरिए लगत्तै भारत गएको चर्चा थियो । आदिल अन्सारीलाई कमेन्टेटर सचिन तिमिल्सिनाले फिक्सिङबारे सामाजिक सञ्जालमा लाइभ भिडिओमा बताउँदै नेपाली अलराउण्डर भनेर संकेत गरेका थिए ।

पूर्वअलराउण्डर मेहबुब आलमको नाममा एकै खेलमा १० विकेटको कीर्तिमानसमेत छ । आदिल भने राष्ट्रिय टिमका उदीयमान अलराउण्डर हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस