अब विकासको युग सुरु भयो, काम गरेरै देखाउँछु : ऊर्जा मन्त्री लिङ्देन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अब विकासको युग सुरु भयो, काम गरेरै देखाउँछु : ऊर्जा मन्त्री लिङ्देन


८ माघ २०७९, आइतबार


काठमाडौँ । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन् ।

२८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका-२ कमलधापस्थित संयुक्त धार्मिक स्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ’, उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका उनले भने, ‘चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस