प्रहरीले रोक्यो काठमाडौँमा हुन लागेको दुबई प्रोपर्टी मेला, पासपोर्ट नियन्त्रणमा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रहरीले रोक्यो काठमाडौँमा हुन लागेको दुबई प्रोपर्टी मेला, पासपोर्ट नियन्त्रणमा


८ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको होटेल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला रोकेको छ ।

सरकारी निकायको अनुमति बिना कार्यक्रम गर्न लागेको पाइएपछि हस्तक्षेप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

उनका अनुसार आइतबार अपराह्न खबर प्राप्त भएपछि कार्यक्रम राख्दै सञ्चालक मध्येका चार जनाको पासपोर्ट बरामद गरिएको छ ।

विदेशी विनिमय ऐन, २०१९ ले नेपाली नागरिकले विदेशमा लगानी गर्न नहुने व्यवस्था गरेको छ । प्रहरीले यस विषयमा विस्तृत बुझ्ने काम भइरहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस