राम्रो संविधान बने पनि देशले राजनीतिक स्थिरता पाएन :  रामवरण यादव « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राम्रो संविधान बने पनि देशले राजनीतिक स्थिरता पाएन :  रामवरण यादव


८ माघ २०७९, आइतबार


काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकका राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् । 

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताए । 

अझै पनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा राख्दै उनले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए । उनले समाजलाई राम्रो योगदान दिनहरूलाई सदैव सम्झनुपर्ने पनि बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस