माओवादीले बलायो स्थायी र केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादीले बलायो स्थायी र केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा


८ माघ २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ ।  पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाइएको हो । 

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ ।  दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिने छ ।

जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मन्जुर भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस